Wednesday, January 15, 2025

जनता अवास कार्यक्रम को निर्माणाधीन घरहरुको भुक्तानी माग गर्दै रौतहटमा आन्दोलन

पछिल्लाे समाचार


रौतहट १२ असार ।जनता अवास कार्यक्रम को निर्माणाधीन घरहरुको भुक्तानी गर्न माग गर्दै रौतहटमा आन्दोलन भएको छ ।
पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरी संघर्ष समितिद्धारा धर्ना दिएको छ ।
निर्माणाधीन घरहरुको भुक्तानी गर्नुपर्ने माग गर्दै लाभग्राही पीड़ितहरुले आन्दोलन गरेका हुन ।
आम दलित मोर्चाले नेतृत्व गरेको आन्दोलनकारीहरु ले गौर स्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना दिए का हुन।
मोर्चाका अध्यक्ष एवं जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दास को अगुवाइमा आन्दोलन भएको छ ।
मधेस प्रदेशका सांसद समेत रहेका जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भईसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमत रहेको र
सरोकारवाला एवं आन्दोलनरत पक्षका बीचमा छलफल भएको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् ।
रौतहटको बगही, पतौरा, मौलापुर, मर्यादपुर, पथरा बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तरगत निर्माण भईसकेको घरको भुक्तानी गर्न बाँकी रहेको छ ।
यस्तै कतिपय ठाउँमा घर निर्माणको काम अधुरो छोडिएकाले त्यसलाई पुरा गर्नुपर्ने संघर्ष समितिका संयोजक दासले जनाएका छन् ।
यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु