रौतहट २ असार । रौतहटको दुई छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला परेको छ ।
शनिवार अपराह्न रोहित को शव फेला परेको थियो भने आइतवार बिहान राहुलको शव नदि किनारमा भेटीएको छ।
गौर स्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको थियो भने आज बिहान राजदेवी न.पा. वडा नं.५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा पानीले बगाई ल्याएको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घरबाट शौच गर्न निस्किएक सहनीको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।
कुटपिट गरेर हत्या भएको मृतकका दाइ सञ्जय सहनीको भनाइ छ । भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको उनको दावी छ ।
रौतहट राजदेवी न.पा. वडा नं.५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा पानीले बगाई ल्याएको गौर नगरपालिका वडा नम्बर ५ का २० बर्षिय राहुल मेहताको शव बागमती नदिमा फेला परेको छ ।
शव पानीमा घोप्टो परि तैरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएका प्रहरी निरिक्षक उमाशंकर प्रसादको टोली ले फेला पारेको थियो ।
मृतकका बुवा लालबाबु कुशवाहा ले छोराको हत्या भएको बताएका छन । शव पोष्टमार्टमको लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
दुवै युवकको मृत्यू को बिषयमा अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।