Tuesday, January 21, 2025

गौर अस्पताालमा नेत्र बिभाग स्थापना

पछिल्लाे समाचार

रौतहट ५ असार।प्रादेशिक अस्पताल गौर रौतहटमा नेत्र बिभाग कार्यालय को स्थापना गरिएको छ ।
सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा नेत्र विभागको स्थापना भएको हो ।मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री शत्रुधन सिंहले बिभागको उद्घाटन गरेका छन ।
गौर अस्पतालको सेवा प्रभावकारी नहुदा सुलभ उपचार न पाएको बिरामीहरुको गुनासो छ ।
अस्पताल व्यवस्थापन तथा संचालन प्रभावकारी बनाउन र अन्यत्र उपचार गराउन जानुपर्ने बाध्यताको अन्त्य गर्न मन्त्री शत्रुधन सिंह र राज्यमन्त्री ध्यानाकर्षण गराएको एमालेका केन्द्रीय सदस्य तथा गौरका पूर्व मेयर अजय गुप्ताले आग्रह गरेका छन ।
अस्पताल लाई प्रभावकारीरुपमा संचालन गर्न गराउन ५ वटा थप सेवा मन्त्रालयले ल्याएको मन्त्री शत्रुधन सिंहले जानकारी दिएका छन ।
प्रादेशिक अस्पताल गौरको जनशक्ति र औषधि तथा आवास अभाव बारे गम्भीर ध्यानाकर्षण भएको मन्त्री सिंहले बताए।कार्यक्रममा प्रदेशको दोस्रो स्थानबाट अग्र स्थानमा ल्याउन थप सेवाको जरुरी रहेको एमालेका नेता तथा संबिधानसभा सदस्य बबन सिंह दे बताएका छन ।
कार्यक्रममा,केन्द्रिय लेखा आयोगका सदस्य राजकिशोर यादव,नेकपा एमाले रौतहट अध्यक्ष सचितानन्द साह , अस्पतालका मेसु डाक्टर मुरारी ठाकुरले मन्तव्य राखेका थिए भने अध्यक्षता प्रादेशिक अस्पताल गौर का व्यवस्थापन समितीका अध्यक्ष मोहम्मद अनवर हाश्मीले गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु