रौतहट १ असार ।कटहरिया नगरपालिकाको मेयर अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले कार्यालय गेट मा फोहो फ्याकेर बिरोध गरेका छन ।
नगरले समयमा फोहोर नउठाएको भन्दै स्थानीय तथा बजार आसपासको ब्यपारी तथा युवाहरुले फोहोर नगरपालिकाकाे कार्यालयको अगाडी फोहोर फ्याकेर बिरोध जनाएका हुन ।
बिभिन्न दल, वडा अध्यक्षहरु संग पटक पटक छलफल र संवाद गरेको भएपनि दिर्घकालिन ब्यबस्थापन अवलम्बन नहुदा बजार क्षेत्रको फोहोर ब्यबस्थापनमा समस्या हुँदै आएको गुनासो छ ।
स्थानीयहरुले भने समस्याको दिगो समधान नभए सम्म फोहोर उठाउन नदिने जनाएका छन ।