Wednesday, January 15, 2025

ईसेवाका अजेन्टलाई बिमा तालिम

पछिल्लाे समाचार

मुकेश कुमार साह,रौतहट १२ असार । रौतहटमा ईसेवाले आफ्ना एजेन्टहरलाई बिमा सम्बन्धी तालिम प्रदान गरेको छ । बुधवार चन्द्रपुरमा एक कार्यक्रमको आयोजना गरी ईसेवाले ल्याएको बिमा सम्बन्धी तालिम प्रदान गरेको हो । ईसेवाले ३ वटा प्याकेजमा बिमा ल्याएको छ । ईसेवाले ईसेवा केयर,इसेवा लाईफ केयर तथा सम्पती बिमा ल्याएको ईसेवाका प्रतिनिधी भुवन आचार्यले बताए । उनका अनुसार दिनको एक रुपैया बचत गरेर ईसेवा केयर नामक बिमा गर्न सकिन्छ । बार्षिक ३६० रुपैया तिरेर गर्न सकिने सो बिमामा दुर्घटनामा परेर घाईते भएको अवस्थामा २ लाख ३० हजार सम्मको उपचार खर्च ईसेवाले बेहोर्ने ईसेवाका प्रतिनिधी आचार्यले बताए ।

यस्तै बार्षिक ७ सय ६० रुपैया तिरेर ईसेवा लाईफ केयर बिमा गर्न सकिने उनले जनाए । यस बिमा अन्तर्गत जटिल रोग लागे बापत उपचार खर्च तथा दुर्घटना हुँदा ५ लाख ३० हजार सम्म दावी भुक्तानी पाईने उनले सुनाए । कार्यक्रममा बार्षिक ३ सय देखी ५ हजार ३ सय रुपैया तिरेर १ करोड सम्मको दावी भुक्तानी पाईने घर बिमा गर्न सकिने  जानकारी गराईएको थियो । सो बिमा अन्तरगत भुकम्प,बाढी पहिरो,आगलागी,चोरी, डकैती लगायतको घटनाको प्रकृती हेरेर भुक्तानी गरिने उनले जनाए । कार्यक्रममा बिभिन्न स्थानका ईसेवाका एजेन्टहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु