Wednesday, January 22, 2025

स्वास्थ्य बिमाको ओषधी नपाउदा चन्द्रपुरका सेवाग्रही मर्कामा

पछिल्लाे समाचार


जेठ ३० गते । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम दुई सातादेखि बन्द रहँदा बिमितहरु ले स्वास्थ्य सुविधा पाएका छैनन ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत निःशुल्क पाइने औषधीको अभावले बिमा फाँट बन्द भएको छ ।
अस्पतालमा दैनिक एक सय भन्दा बढी बिमितले स्वास्थ्य सेवा लिँदै आएकाे अभिलेख मा उल्लेख छ ।
अस्पतालबाट औषधी, ओपिडी सेवा, इमर्जेन्सी, ल्याब सेवा, सामान्य अपरेसनलगायतका उपचार पाउने व्यवस्था भएपनि चन्द्रनिगाहपुर अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम औषधी अभाव मै बन्द हुनु दुखद भएको सेवाग्रहीले बताएका छन ।
अस्पतालका डाक्टर तथा ‘बिमा फोकल पर्सन’रुपेश साहले बिमाबाट वितरण गरिने औषधीको लागि दरभाउ पत्र प्रकाशन गर्न र त्यसको प्रक्रिया पुर्याउन समय लाग्ने गरेको ले समयमा औषधी खरिद हुन नसकेकोले बिमा कार्यक्रम प्रभावित बनेको बताए ।
निःशुल्क वितरण गर्दै आएको औषधीमा बिमा बोर्डको निर्णयअनुसार बिमितले पाउने औषधीको कुल मूल्यमा दश प्रतिशत शुल्क लाग्ने भएपछि त्यसको ‘सफ्टवेयर’ निर्माणमा भएको ढिलासुस्तीले पनि बिमा फाँट बन्दगर्नु परेको साहले बताए ।
अस्पतालमा स्वास्थ्य विशेषज्ञको अभावले गर्दा संवेदनशील रोगका बिरामीले पाउनु पर्ने औषधी समेत पाएका छैनन् । मुटु रोग, माइग्रेन, श्वासप्रश्वासलगायतका बिरामीका लागि चाहिने आधारभूत औषधी बिमा कार्यक्रममा नभएको डा.साह बताए
चन्द्रनिगाहपुर अस्पतालका सूचना अधिकारी दीपेन्द्र झाले यसै साताभित्र अस्पतालमा बिमा कार्यक्रमको औषधी उपलब्ध हुने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु