प्रविण टिवरेवाल/
रौतहट ४ असार ।
हिन्दु तथा मुस्लिम समुदायको विभिन्न चाडपर्वमा स्थानिय तहले महिलाहरुलाई साडि वितरण गर्दा अनियमितता गरेको गुनासो छ ।
रौतहटमा साडी बाड्ने होडबाजी नै रहेको छ । साडि वितरणको पछाडी स्थानिय सरकारका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको व्यक्तिगत स्वार्थ रहेको जानकारहरु बताउछन ।
अधिकांस स्थानिय तहले गौरमा रहेको चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान ट्रेडर्स बाट २४ लाख भन्दा बढी रकमको एउटा स्थानिय तहले साडि खरिद गरेको महालेखा परिक्षणको रिपोर्ट मा देखिएको छ ।
सदरमुकाम गौर लगायतका बजारमा रहेका फर्महरुले अधिकांस साडी भारत बाट खरिद गरेर ल्याउने गरेको जानकारहरुको भनाई छ ।
विभिन्न सिमावर्ती नाकाहरुबाट भन्सार छली गरेर नेपाल भित्र्याईएका प्रति गोटा ५ देखि ६ सय सम्म मुल्यका साडीलाई चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान ट्रेडर्सले १५ सय देखि २ हजार सम्मको बिल बनाई स्थानिय तहका जनप्रतिनिधिहरु संग मिलेर भ्रष्टाचार गरेकाे जनगुनासो छ ।
यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले छानबिन गरी दोषि भेटिए कारवाहि गर्ने प्रतिबद्धता जनाएका छन् ।