रौतहट ६ असार। ठेकेदारले १० बर्ष देखि पुल अलपत्र पारेर छोडे पछि पथराबुधराम का स्थानिय पिडित बनेका छन ।
मौलापुर नगरपालिका वडा नं. ६ स्थित पथराबुधराममा रहेको भकुवा खोलामा करिव १० वर्ष अघि शिलान्यास भएको पुल निर्माणको कार्य हालसम्म सम्पन्न नहुदा सो भेगका बासिन्दा पिडित बनेका छन ।
पथरा बुधरामको भकुवा खोलाको अधुरो पुलको काम सम्पन्न गराउन संघर्ष समिति मौलापुर ध्यानाकर्षण गराएको छ ।
पटक पटक साविक जिल्ला विकासको कार्यालय हाल पूर्वधार कार्यालय रौतहटमा ताकेता गर्दा कुनै चासो नलिएको र पूलको ठेक्का सम्बन्धी कुनै कागजात समेत उपलब्ध नगराईएको कारण स्थानियले सास्ति खेप्नु परेको दुखेसो छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले पूर्वाधार विकास कार्यालय रौतहट गौर लाई पत्राचार गरी मौलापुर नगरपालिका संघर्ष समितिले बुझाएको ज्ञापन पत्रको सम्बन्धमा के-कसो भएको हो पछि सम्म बुझ्दा फरक नपर्ने गरी स्पष्ट रुपमा खुलाई अविलम्ब पठाउन निर्देशन दिएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव ले जानकारी दिएका छन ।
आम दलित मोर्चाका अध्यक्ष ठगा दास, युवा नेता लखिन्दर यादव, मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा, आम दलित मोर्चाको सह-इन्चार्ज बिरचन राम, आजपाको नेता लखिन्दर साह र आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह लगायत नेताहरुद्वारा पुल बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।