Wednesday, January 22, 2025

जनता आवास कार्यक्रमको भुक्तानी गर्न माग

पछिल्लाे समाचार


रौतहट ६ असार । जनता आवास कार्यक्रम को रकम भुक्तानी नपाएको भन्दै दलित मोर्चाले मौलापुरमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जनता अवास कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा निर्माणाधीन घरहरूको तत्काल भुक्तानी साहयक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
माग पुरा नभए यही असार ११ गते देखि विकास पुर्वाधार कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरिएकोछ ।
मौलापुर नगरपालिकाको विभिन्न वडामा जनता आवास कार्यक्रम अन्तर्गत बनेका निर्माणाधीन घरहरुको २०७८ सालमा तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साहद्वारा सिलान्यास भई आवश्यक सबै कागजात बुझाई माइनेटिङ समेत भएपनि ३ वर्ष देखि भुक्तानी नपाएको अध्ययक्ष ठगा दासले गुनासो गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु