Wednesday, January 22, 2025

गौरबाट भारत तर्फ कस्मेटिक सामग्रीको तस्करी ।

पछिल्लाे समाचार


रौतहट ४ असार /
गौर भन्सार कार्यालय पूर्व पट्टी रहेको सिमा क्षेत्रबाट दिनहुँ लाखौं रुपैयाको कस्मेटिक लगायतका सामग्री तस्करी हुने गरेको छ ।
गौर स्थित भारतिय सिमा संगै जोडिएका सहायक बाटो प्रयोग गरि तस्करहरुले नेपाल बाट भारत तर्फ विभिन्न कस्मेटिक समाग्री लगायत हार्डवेयर, चुरोट, लाईटर लगायतका समान तस्करी गर्ने गरेका छन् ।
तस्करहरुले दैनिक लाखौका सामान भारत बाट नेपाल र नेपाल बाट भारत प्रवेश गराउने गरेको सिमा क्षेत्रका बासिन्दाको भनाइ छ ।
गौर भन्सारको पूर्व तर्फबाट शसस्त्र प्रहरीको चेक पोष्ट नजिक नै रहेको सहायक बाटो बाट लाखौं रुपैयाको मालसामान भारत तर्फ तस्करी गरी राख्दा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद नगर्नु आश्चर्यजनक भएको स्थानियहरु बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु