Wednesday, January 22, 2025

गरीवलाइ घर बनाइदिने भन्दै पैसा ठग्ने गिरोह पक्राउ

पछिल्लाे समाचार


रौतहट २० जेठ । गरिव विपन्न वर्गका मानिसलाई घर बनाई दिने भनी रकम ठगी गर्ने गिरोह पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरुमा माधवनारायण नगरपालीका वडा नं. ७ लौकाहा बस्ने वर्ष ५२ को रामनाथ माझी, बर्ष ३२ को प्रकाश माझी, गरुडा नगरपालीका वडा नं.-६ पोठियाही वर्ष ४० को राकेश महरा, गरुडा नगरपालीका वडा नं ९ गेडिगुठी बस्ने वर्ष २५ को सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालीका वडा नं.-५ शिवनगरका वर्ष ७१ को मुगलाल महरा,गरुडा नगरपालीका वडा नं.-९ बस्ने वर्ष ४५ की रामकली देवी रहेको प्रहरीले जनाएको छ ।
रौतहटक‍ो माधवनारायण न.पा. वडा नं.८ रजवडा टोल स्थितका विपन्न वर्गका मानिसहरुलाई मधेश प्रदेशको शहरी बिकास मन्त्रालयले गरिव र विपन्न वर्गका परिवार लाइ आवास वनाई दिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ प्रलोभन देखाई प्रति घर दश हजार देखी चालिस हजार सम्म खर्च लाग्छ भनी सयौं मानिसहरुबाट रकम असुली गरी ठगी गर्ने हरुलाइ जेठ १९ गते पक्राउ गरी अनुसन्धान भैरहेको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु