रौतहट २१ जेठ / प्रहरीले गौरमा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा गौर न.पा वडा नं.५ स्थितमा शुशिल श्रेष्ठले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ २ सय लिटर, मदिरा बनाउन प्रयोग गरिने ग्यास १ वटा, ग्यास चुलो १ वटा र भाडाहरु ३१ वटा नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।