राैतहट २७ बैसाख / स्वर्गीय रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा अनाथलयका ३० जना बाल बालिका लाई भोजन गराईएको छ ।
रौतहट जिल्लाको गरुडा स्थित बंशीराम जयसवाल अनाथालयमा रहेका ३० जना बालबालिकाहरुलाई भोजन गराइएको हो ।
स्वर्गीय रामा यादवको २९ बर्षको उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।
स्वर्गीय रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३ औं जन्मजयन्तीको अवसरमा अनाथलयमा रहेका बालबालिकाहरुलाइ भोजन गराएर जन्मजयन्ती मनाएको छ ।
जीवित रहेको बेला नै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको लागि ३३ औं जन्मजयन्तीको अवसरमा अनाथ बाल बालिकाहरुलाई भोजन खुआएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाश यादवले बताए ।
सञ्चार क्षेत्रमा क्रियाशिल रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।
को थिइन स्वर्गीय रामा यादव
स्वर्गीय रामा यादवको जन्म बि .स २०४८ बैशाख २७ गते भएको थियो ।
उनले २९ बर्षकै उमेरमा संसार छोडेर गईन । रामा यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका थिइन् ।
सानै उमेर देखि संचार क्षेत्रमा रुचि राखेकी रामा यादव ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् ।
रामा यादव प्रेस युनियन रौतहटको कोषाध्यक्ष समेत थिइन् ।स्वर्गीय रामा यादवका श्रीमान् जयप्रकाश यादव समेत संचार क्षेत्र छन । कोरोनाको बेला रामा यादवको मृत्यु भयो ।श्रीमतीको मृत्यु भए लगतै श्रीमान् जयप्रकाश यादवले स्वर्गीय रामा यादव स्मृती पत्रकारिता पुरस्कार घोषणा गरेको र प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार वितरण गरिदै आएको छ ।