Wednesday, January 22, 2025

समय मै पुल नबन्दा गैडाटार बासीलाइ सास्ती

पछिल्लाे समाचार


रौतहट १ जेठ ।चन्द्रनिगाहपुर बाट गैडाटार जाने चाँदी नदीमा समयमानै पुल नबन्दा स्थानियले सास्ती खेप्दै आएका छन ।
पुल निर्माण सुरु भएको झण्डै ७ वर्ष बित्दा पनि निर्माण सम्पन्न भएको छैन ।
निर्माणको ठेक्का लिएको कम्पनीले सम्झौता काम गर्न सकेको छैन।
काम अघि नबहेपछि, र ठेकेदारले पुल अलपत्र छाडेपछि स्थानीयले केही महिना अघि आन्दोलन समेत गरे तर तीन/तीन पटक म्याद थपेको ठेकेदारले अझै काम सुस्त पारिरहेको गुनासो छ ।
पुलको काम समयमा नसकिएको कारण हरेक बर्ष चन्द्रनिगाहपुरबाट गैडाटार जाने र गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा मानिसले ज्यान गुमाउदै आएकाछन् ।
पप्पु शिवशकर जेभीले २५ करोड २६ लाखमा पुलको ठेक्का लिएको थियो।
बीस २०७४ असार ३१ मा गरिएको सम्झौता अनुसार २०७६ असार २१ मा पुल निर्माणको काम सकिनुपर्ने थियो । तर सात वर्ष बित्न लाग्दा पनि काम सम्पन्न भएको छैन ।
पुल निर्माण को तेस्रो पटक असार मसान्तमा सक्ने गरी म्याद थपिएको थियो । पुलको साढे ६ वर्षमा ७० प्रतिशत मात्र काम भएको छ ।
सम्झौताअनुसार निर्माण नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली (नवौ संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
थपिएको म्यादअनुसार २०७७ पुस १४ मा निर्माण सक्नुपर्ने थियो। तर ठेकेदारले कोरोना, लकडा उनलगायत बहाना गर्दै निर्माण सकिएन । कोभिड १९ को कारण देखाई दोस्रो पटक २०७७ माघ ११ मा २०७८ असार १३ सम्म काम सक्ने गरी ६ महिना म्याद थपियो।
ठेकेदारले त्यस अवधिमा पनि निर्माण सकेनन । त्यसपछि तेस्रो पटक २०८० असार मसान्तको समय पनि ठेकेदारले काम सकेनन ।
सडक डिभिजन कार्यालयले पटकपटक निर्माण कम्पनीसँग स्पष्टीकरण सोध्दै आएको छ ।
ठेकेदार कम्पनीले भने आर्थिक अभाव, बर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले सम्झौताअनुसार निर्माण नसकिएको बताउँदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु