रौतहट ५ जेठ । ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’अभियान , अन्तर्गत वृक्षारोपण कार्यक्रम शुरु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं.९ चेतनगर , मरधर ,सिन्धुरेघारीमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत कार्यक्रममा सहभागी भएर आफुले बिरुवा रोप्न पाएको मा र अभियानमा जुट्न पाएकोमा खुशी ब्यक्त गर्दै अभियानको पुर्ण सफलताको कामना गरेका छन ।
समाजमा रहेका प्रत्येक नागरीकहरुले आ–आफ्नो जन्मदिनमा एक /एक बिरुवा रोपेर सकारात्मक सन्देश फैलाउनुपर्ने नेपाल पत्रकार महासघका केन्द्रीय सचिव गोबिन्द चौलागाइ ले बताएका छन ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान , आ–आफ्नो जन्मदिन मा बिरुवा रोप्न आग्रह गरेका छन ।
कार्यक्रममा रुद्राक्ष, पिपल, चन्दन,साल,खयर,बाँस लगायतका बिरुवा रोपिएको आयोजक संस्थाका अध्यक्ष चौलागाईंले जानकारी दिएका छन ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासघ का केन्द्रीय सचिव गोविन्द चौलागाइ,रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौं अभियान का रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहाल ले आ आफ्ना धारणा राखेका छन ।
आयोजक संस्थाका अध्यक्ष तथा महासगका सचिव चौलागाई ले अभियानलाई देशका ७७ ओटै जिल्ला र ७ सय ५३ ओटै स्थानिय तहसम्म पुर्याउन आवश्यक रहेको धारणा राखे ।
अभियानलाई देश बिदेश का नागरीकले सिको गर्न सक्ने भएकाले समाजलाइ सकारात्मक शन्देस दिन हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट अभियानमा जोडिन आयोजक संस्थाका अध्यक्ष चौलागाईले अनुरोध गरेका छन ।
जिल्लाको १८ वटा पालिकामा बिरुवा रोप्ने योजना रहेको आयोजक संस्थाले जनाएको छ ।