राैतहट १ जेठ । गरुडा नगरपालिकाले वडा नं. २ गेडहिगुठी र वडा नं. ३ मलाही टोलको स्वास्थ्य चौकी तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेको छ ।
गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमकाे नेतृत्वमा कर्मचारी हजिरी छ्ड्के तथा कार्यालय संचालन अनुगमन गरिएका हाे ।
अनुगमन का क्रममा मलाही स्वास्थ्य कार्यालयका २ जना कर्मचारी उपस्थित नरहेकोले स्पष्टीकरणसहित आवश्यक कार्यवाही हुने प्रशासन प्रमुख धिरेन्द्र यादवले बताए ।
अनुगमनमा वडा नं. २ का अध्यक्ष कृष्नन्दन सहनी, वडा ३ का अध्यक्ष अम्बिका सहनीको उपस्थिति रहेकाे थियो ।