प्रेमचन्द्र झा/
बैशाख १९गते / जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।
करिब दुई महिना आगाडी देखि लालबकैया नदि सुकेकाे छ । पछिल्लो पटक २०७९ साल फाल्गुन महिनामा पानी परेकाे थियो त्यसपछि लगाातार खडेरी परेकोछ ।
तापक्रम दैनिक बढ्ने गरेको छ। मंगलबार राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।
तापक्रम बढे संगै पश्चिमी वायुको गतिले मधेशको जनजिवन लगायत पशुपक्षि, वाली नालीमा समेत असर परेकाे छ ।
पानी खान नपाएर जिल्लाकाे देवाही गाेनाही नगरपालिका वडा नम्बर २ मा एउटा जंगली घाेडगदा (निल गाई )मृत अवस्था फेला परेकाे स्थानिय पत्रकार कमल यादवले वताए ।
प्रकृतिक खाेला सुकि सकेका कारण जंगली जनावर, छाडा पशु पंक्षि पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए ।
सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले
आग्रह गरेका छन ।
लाल बकैया नदिको किनारमा करिब ५ /५ किलो मिटर मा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा पशु चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैण्डपाईप सुक्ने र मानिसलाई समेत पानी खान समेत समस्या हुने उनले बताए ।
पशुचाैपाया तथा जंगली जनाबर, चराचुरुङ्गीलाई आफुले स्थानिय स्तरबाट जनश्रमदान गरि सुकि सकेको लाल वकैया नदिमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।