Wednesday, January 22, 2025

चार्जिंग स्टेशनको सफ्टवेयरकाे काम गर्न केहिदिन बन्द गरीयो : मेयर काफ्ले

पछिल्लाे समाचार

रौतहट १ जेठ । सोमवार चन्द्रपुर नगरपालिकाको चार्जिंग स्टेशनको सम्बन्धमा सामाजिक संजालमा विभिन्न किसिमका समाचारहरु प्रकाशित भएको सम्बन्धमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चन्द्रपुर नगरपालिका, रौतहट तथा एन. के. थापा कन्स्ट्रक्सन प्रा.लि., काठमाडौँ संग २०७९/१२/०९ गते मा नगरपालिकामा चार्जिंग स्टेशन निर्माण सम्बन्धमा भएको सम्झौता अनुसारको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेको तथा सो को संचालनको लागि आवश्यक सफ्टवेयर निर्माणाधीन अवस्थामा रहेकोले सो चार्जिंग स्टेशनको सेवा हालसम्म सुचारु हुन नसकेको बताइएको छ ।
चार्जिंग स्टेशनको हार्डवेयर सम्वन्धि सम्पूर्ण कार्य सम्पन्नताको सम्बन्धमा कुनै त्रुटी नरहेको, चार्जिंग स्टेशनको हार्डवेयर सम्बन्धि सम्पूर्ण कार्य सम्पन्न भए पश्चात प्राविधिक परिक्षणका लागि केहि दिन संचालन गरीएको भएपनि चार्जिंग शुल्क सम्बन्धि सफ्टवेयर जडान नभएको हुँदा चार्जिंग शुल्क निर्धारण तथा अशुल गर्न नसकिने भएकोले र विद्युत महसुल पनि धेरै उठ्न सक्ने देखिएकोले चार्जिंग स्टेशनको शुल्क सम्बन्धि सफ्टवेयर जडान हुने वितिकै अविलम्ब चार्जिंग स्टेशनको सेवा सुचारु हुने चन्द्रपुरका मेयर संजय कुमार काफ्ले ले एक पत्र सार्वजनिक गर्दै जानकारी दिएका छन ।
भर्खरै निर्माण भएको चार्जिङ स्टेशनमा देखिएको खराबी बारे बुझ्न स्टेशनमा गई वास्तविकता बुझ्ने र खवरदारी गर्ने एमालेका नगरकमिटी अध्यक्ष शिव आचार्यले बताएका थिए तर नगरपालिकाको धारणा सार्वजनिक भएपछि सो कार्यक्रम स्थगित भएको थियो ।
औपचारिक रूपमा उद्घाटन हुन नपाउँदै चन्द्रपुरमा निर्माण भएको बिधुतिय गाडि चार्जिङ स्टेसन मा प्रबिधिक समस्या आएको भन्दै केहिले चासो व्यक्त गरेका थिए । करिब ३ करोड खर्चेर चार्जिङ स्टेशन निर्माण गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु