Wednesday, January 22, 2025

राजपुरमा नेता आलमको पक्षमा आमसभा हुने

पछिल्लाे समाचार


रौतहट ७ जेठ । नेपाली कांग्रेस क्षेत्र न २ रौतहटले जेठ १५ गते राजपुरमा क्षेत्रिय आमसभाको आयोजना गर्न लागेको छ ।
बीस २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनको मतदानको अघिल्लो रात बुथकब्जा गर्ने उद्देश्यले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महमद आफताव आलमले आफ्नै काका स्वर्गीय शेख इद्रिसको गोठमा राखेको बम विस्फोट घाइते भएकाहरूलाई गाउँ नजिकै रहेको इँटाभट्टामा जलाउन लगाएको आरोपमा अदालतले नेता आलमसहित ४ जनालाई दोषी ठहर गर्दै जन्मदैनको फैसला सुनाएको थियो ।
रौतहट जिल्ला अदालतको आदेशमा २०७६ असोज २६ मा पक्राउ परेका पूर्वमन्त्री आलम, आलमका भाइ मोहमद महताव आलम, बद्री साहनी, शेख सेराज भन्ने शेख सिराजलाइ अदालतले गरेको जन्मकैदको फैसला कानुन सम्मत नभई बाहिरी दबाबको आधारमा भएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले बिरोध स्वरुप आमसभा गर्न लागेको छ ।
घाइते भएका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तरसहित अन्यलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेका नेता आलमलाई जोगाउने उद्देश्यले कांग्रेसका कार्यकर्ताले आमसभा गर्न लागेको गुनासो छ । घटनाका ६ जना आरोपित अहिलेसम्म फरार रहेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सचिव रामचन्द्र गिरीले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आलमसहितका व्यक्तिलाई बिनाप्रमाण मुद्दा चलाएर कारागार चलान गरिएकोले आमजनतालाई जानकारी दिने र रिहाइका लागि दबाब सिर्जना गर्ने उद्देश्यले क्षेत्रीय आमसभाको आयोजना गर्न लागेको बताए ।
जिल्ला सचिव गिरीले पूर्वमन्त्री आलम निर्दोष रहेको र योजना अनुसार बाहिरी दबाबमा कारागारमा राखिएको बताउँदै बिनाप्रमाण थुनामा रहेका नेता आलमसहितका अन्यलाई रिहा गर्नुपर्ने बताए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य शेख नौशाद आलमले पूर्वमन्त्री आलम विरुद्धमा दबाबमा न्यायालयले फैसला दिएको आरोप लगाए ।
न्यायालयमाथि विश्वास भए पनि नेता आलमको हकमा भएको फैसला कागजको आधारमा नभई दबाबको आधारमा जन्मकैदको फैसला आएकोले न्यायको लागि क्षेत्रीय आमसभा आयोजना गर्न लागेको उनले बताए ।
छोरालाई जिउँदै जलाएर हत्या गरेको भन्दै यमुनामाई गाउँपालिका–४ का श्री नारायण सिंहले दिएको जाहेरीको आधारमा सर्वोच्च अदालतको आदेशपछि २०७६ सालमा पूर्वमन्त्री आलमलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको थियो ।
घटनामा दोषि देखिएका अन्य ६ जनालाई घटना भएको १७ वर्ष बित्दा पनि रौतहट प्रहरीले पक्राउ गर्न सकेको छैन । फरार रहेका शेख फाजिले हक, शेख मोबिन, गौरीशंकर साह, सगीर आलम, शेख भदई, शेख जुमई भन्ने शेख मलकार फरार छन ।
आमसभाको तयारीमा पूर्वमन्त्री आलमका छोरा डाक्टर फिरदोस आलम, राजपुर नगरपालिकाका मेयर डाक्टर राजिक आलम, परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिल लगायतका नेता कार्यकर्ता सक्रिय रहेको बताईएको छ ।
जिल्ला न्यायधीश मातृका प्रसाद आचार्यको इजलासले नेता आलम लाइ विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको थियो ।
राजपुर बम बिस्फोटन सम्बन्धी घटनामा १७ बर्ष पछि जिल्ला अदालत रौतहटले आलम सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
नेपाली काँग्रेस नेता आलम भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा सजाय भएको हो ।
न्यायाधिश आचार्यको एकल इजलासमा भएको कानुन ब्यवसायीहरुको बहस बादी पक्षबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए ।
वादी पक्षबाट सरकारी वकिल कार्यालयका पुष्पराज पौडेल, वद्री कार्की र दयानिधि रिजालले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता मोहम्मद साविर हुसेन, गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीको तर्फ बाट बहस गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु