रौतहट १८ जेठ । भन्सार छलेको धान सहित एक ब्यक्ती लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ न.पा वडा नं.४ स्थितमा राजपुर न.पा. वडा नं. ६ बस्ने वर्ष ४२ को अमर साहले भारतबाट अबैध रुपमा भन्सार छली सडक छेउमा जम्मा गरी राखि राखेको धान
९० बोरा अन्दाजी मूल्य एक लाख उनन्चास हजार छ सय बराबरको धान र साहलाई नियन्त्रणमा लिई कारवाहीको लागी गौर भन्सार कार्यालय मा बुझाईएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।