Wednesday, January 22, 2025

नियम बिपरित एक संस्थाले एम्वुलेन्स चलाएको गुनासो

पछिल्लाे समाचार


रौतहट ३१ बैसाख । भारत सरकारले रौतहटको एक गैरसरकारी संस्थालाई सहयोग स्वरुप दिएको एम्बुलेन्स तीन वर्षदेखि जनकपुरमा राखेर प्रयोग भएको जनगुनासो छ ।
एम्बुलेन्स दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरमा निवेदन दिए पनि कुनै कारवाही नभएको गुनासो छ ।
भारत सरकारले गणतन्त्र दिवसकाे अवसरमा रौतहट जिल्लाको तत्कालीन जोकाहा गाविस–९ हाल ईशनाथ नगरपालिका–६ स्थित शान्ति युवा परिवार संस्थालाई २०७७ मा ना ५ च १४५३ नम्बरको टाटासुमो मोडेलको एम्बुलेन्स उपहार दिएको थियो ।
संस्थाका अध्यक्ष विश्वनाथप्रसाद गुप्ताले जनकपुरमा लगेर राखेकाे गुनासो छ ।
अध्यक्ष गुप्ता जनकपुरस्थित सीप विकास तालिम केन्द्रका कर्मचारी हुन् । रौतहटमा संचालन गर्नुपर्ने एम्बुलेन्स जनकपुर लगेर प्रयोग गरेको भन्दै गाउँले ले बिरोध गरेका छन ।
जिल्ला प्रशासन कार्यालय रौटहटमा २०६४ असोज १६ गते शान्ति युवा परिवारका नाममा संस्था दर्ता छ ।
एम्बुलेन्स संचालन निर्देशिकामा जुन स्थानको लागि एम्बुलेन्स खरिद वा सहयोगमा पाएको हो त्यही ठाउँमा चलाउनु पर्ने नियम भए पनि अध्यक्ष गुप्ताले ब्यक्तिगत लाभको लागि जनकपुरमा ल्याएर संचालन गरेको एम्बुलेन्स चालक महासंघका केन्द्रीय अध्यक्ष महाशंकर ठाकुरले बताएका छन ।
नियम विपरित बाहिरका एम्बुलेन्स संचालन गरी मनपरी रकम असुलेको गुनासो सहित महासंघले प्रशासन कार्यालय मा निवेदन दर्ता गराएको अध्यक्ष ठाकुरले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु