Wednesday, January 22, 2025

चेतनगरमा नि शुल्क स्वास्थ्य शिविर

पछिल्लाे समाचार


रौतहट २९ बैसाख । चेतनगरमा शनिवार निशुल्क स्वास्थ्य शिविर को आयोजना गरिएको छ ।
संकल्प बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुुरको आयोजना, सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. तथा लायन्स क्लव अफ रौतहट चन्द्रनिगाहपुर (९५२४५), लायन्स चन्द्रपुर फेमिना (१४८२७६), लायन्स चन्द्रपुर ग्रिन सिटी(१५०७०४), लायन्स चन्द्रनिगाहपुर ग्रेटर (१५५७६९)को प्राविधिक सहयोगमा श्री पञ्च आधारभूत विद्यालय, चन्द्रपुर-९, चेतनगरमा निःशुल्क संचालन भएको छ ।


शनिबार बिहान ८ बजे देखी ३ बजे सम्म श्री पञ्च आधारभूत विद्यालय, चन्द्रपुर-५, चेतनगर, रौतहट मा संचालन भएको आयोजक संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले जानकारी दिएका छन ।
शिबिरमा ३ सय ६१ जनाले शिविर बाट सेवा लिएका छन । बिरामीहरु लाई निशुल्क ओषधी समेत बितरण गरिएको छ ।
सिभिल हृयुमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. चन्द्रपुर-४, रौतहट का डा. कृष्ण कुमार झा MBBS, MD (हड्डी तथा नशा रोग विशेषज्ञ),डा. राजीब कुमार साह MBBS, MD (जेनेरल फिजिसियन, डा. राज लाल मण्डल MBBS (जेनेरल फिजिसियन)ले शिबिरमा बिरामीहरुको जाँच गरेका थिए ।
सहकारी सस्थाले निरन्तर रुपमा सहकारीको सातौ सिद्धान्त समुदाय प्रतिको चासो अन्तर्गत रहेर कार्य गरिरहने अध्यक्ष पोखरेलले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु