रौतहट १५ जेठ । पछिल्लो केही हप्ता देखि को गर्मीका कारण रौतहटमा स्कुले बालबालिकाहरू ले बिभिन्न स्वास्थ्य समस्या झेल्दै आएका छन ।
अत्याधिक गर्मीले सर्वसाधारणहरु घरबाहिर निस्कन छाडेका छन्। सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून भएको छ।
केही हप्ता देखी दिन ४० डिग्रीको हाराहारीमा तापमान रहँदा जनजीवन प्रभावित बनेको हो।
यसैबिच शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरूलाई बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरेका छन् ।
गर्मीका कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू मुर्छा पर्ने तथा अन्य समस्याले ग्रसित भइरहेको हुँदा तत्काल विद्यालयमा बिदा दिन प्रमुख सिंहले सूचना जारी गरेका छन्।
जिल्लाको इशनाथ र गरुडा नगरपालिकाले जेठ १६ गते देखि १८ गते सम्म तीन दिन बिदाको लागि सूचना जारी गरेको छ।