रौतहट १८ जेठ । केही हप्ता देखि मधेशमा बढेको गर्मीको कारण आम नागरिकको दिनचर्या कष्टकर बनेको छ ।
गर्मीका कारण बालबालिका, बृद्धबृद्धाहरु लाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ ।
अत्यधिक गर्मी बढेको कारण रौतहटको चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रको सरकारी बिद्यालय बन्द गर्न पत्रचार गरेको छ ।
गर्मीको कारण पठन पाठन गर्न समस्या आएपछि जेठ १८ गते देखी २२ गते सम्म चन्द्रपुर नगर क्षेत्रका सरकारी बिद्यालय बन्द गर्ने निर्णय गरेको चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफलेले बताए ।
नगर क्षेत्रको ४७ वटै बिद्यालय ४ दिनको लागी बन्द गर्ने निर्णय गरेको मेयर काफ्लेले बताए ।
शिक्षा समन्वय इकाइ कार्यालय रौतहटको पत्रअनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी बिद्यालय बन्द गर्न पत्रचार गरेको चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिएका छन ।
गर्मिका कारण कृषि काम गर्ने, घर बाहिर मजदुरी गर्ने, निर्माणको काम गर्नेहरु पिडित हुँदै आएका छन ।