रौतहट ३० बैसाख ।औपचारिक रूपमा उद्घाटन हुन नपाउँदै चन्द्रपुरमा निर्माण भएको बिधुतिय गाडि चार्जिङ स्टेसन मा प्राबिधिक समस्या आएको छ ।
करिब ३ करोड खर्चेर बनाइएको चार्जिङ स्टेशन उद्बघाटन नहुदै समस्या आएर बन्द गरीएपछि चन्द्रपुर आसपासका इभि गाडी प्रयोगकर्ताहरु मर्कामा परेका छन ।
चन्द्रपुरमा चार्जिङ स्टेशन बन्यो भनेर हामी चन्द्रपुरवासी खुसी भएका थियौं तर बन्द भएको सूचनाले निराश बनाएको छ एक उपभोक्ताले भनेका छन ।
शुरु हुन नपाउँदै प्राविधिक समस्या आउने मेसिन कमसल पर्यो कि काम गुणस्तरहिन भयो एकपटक सरोकारवाला निकायले खोजबिन गरोस् भनेर चन्द्रपुरका एक युवाले प्रश्न गरेका छन ।
गाडि चार्ज गर्न सर्लाही, हेटौडा जानुपर्ने बाध्यता रहेको इभी गाडी धनीहरुको भनाई छ ।
चन्द्रपुर नगरपालिकाको मातहतमा रहने चार्जिङ स्टेशन बन्द भएको बिषयमा मेयर संजय कुमार काफ्ले ले विशेष चासो राख्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।
प्रबिधिक समस्या आएकाले मर्मत का लागि केहिदिन बन्द गरेको र चाडै नै मर्मत गरेर उपभोक्ताहरु लाइ सुबिधा दिने चन्द्रपुर नगरपालिकाले जनाएको छ ।