रौतहट २८ बैसाख । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले कपडा बरामद गरेको छ ।
रौतहट गौर न.पा. वडा नं. ८ र बौधिमाई न.पा.वडा नं.७ स्थितबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको किरानाको समान, लत्ताकपडा र मोटरसाईकल गरी
दुई लाख छयानब्बे हजार छ सय चालिस बराबरको सामान नियन्त्रणमा लिई कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।