रौतहट १९ बैशाख / १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रौतहट बचत तथा ऋण सहकारी संघ ले जिल्ला भरी रहेका बिभिन्न सहकारीका कर्मचारी र संघका पदाधिकारी बिच”अन्तरक्रिया तथा बनभोज” आयोजना गरेको छ ।
कार्यक्रम बुधवार चन्द्रपुर १ मा रहेको पर्यटकीय क्षेत्र नुनथरमा सम्पन्न भएको छ ।
जिल्ला भरी मध्यका ३३ सहकारी संस्थाका१ सय १५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षयता संघका अध्यक्ष बिभु पोखरेलको सभा अध्यक्षयतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका सवै तहका कर्मचारी हरुको सहभागिता रहेको कार्यक्रमको संचालन संघका महासचिव देव बहादुर सापकोटाले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैक चन्द्रपुर शाखा प्रमुख रुपा थापा,नेफस्कुन फिल्ड कार्यलय हरिवन सर्लाहीका कार्यलय प्रमुख महेश बराल,गुन्जन एफ एममा स्टेसन म्यानेज संजय कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघका कोषाध्यक्ष नरेन्द्र राना,नव बिकास साकोसका ब्यवस्थापक यज्ञ प्रसाईं,बिन्दबासिनी साकोसका ब्यबस्थापक जनार्दन कोइरालाले कार्यक्रमको सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य राखेका थिए ।
संघका सचिब वसन्त आचार्यले स्वागत मन्तव्य सहित सहकारी सम्बन्धि उनले रचना गरेको कबिता समेत बाचन गरेका थिए ।
जिल्ला भरी रहेका सहकारीका कर्मचारी बिच चिनजान ,मेलमिलाप आत्मीयता साटासाट गर्ने मुख्य उदेश्य सहित संघले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको संघका सचिब आचार्यले बताएका छन ।
कार्यक्रममा आचार्यले प्रस्तुत गरेको कविता :
जिल्ला भरि रहेका सबै, प्रकृतिका सहकारी
ती सहकारीका,तलदेखी माथी सम्मका कर्मचारी
एकै थलोको भेलामा,सय सवा सयको हाराहारी
कुनका कुन…..कुनका..कुन! सबै सराबरी
संघले यस्ता कार्यको,आयोजकको लिन्छ जिम्मेवारी
सबैमा चिनजान भेट्घाट गराउने, कर्तव्य ठानी
दिवस मनाउने मन मिलाउने दिनको, मौका पारी
राम्रोलाई पुरस्कृत,नराम्रो लाई संघको सधैं खबरदारी
हामी सबै छरछिमेकी, बस्छौं सवै वारिपारी
एकले अर्कालाई पर्दा,सधैं साथ दिवौं स्वार्थ सारी!
**बसन्त आचार्य ** चन्द्रपुर ६ रौतहट