रौतहट ,२८ बैसाख । मौलापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।
शुक्रबार आयोजित घोषणा समारोहमा मौलापुर नगरपालिका १ देखि ९ वडा पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवकहरुलाई प्रशंसा पत्र ले नगरपालिका मेयर रीना कुमारी साह र उपमेयर नागेन्द्र यादव सम्मान गरेका छन।
जिल्ला समन्वय समिति कार्यालय रौतहट जिल्ला सभापति राम अयोध्या यादव प्रमुख अतिथी र मौलापुर नगरपालिका मेयर रीना साहको अध्यक्षता कार्यक्रम भएको छ ।
अतिथी पूर्व सांसद समिना हुसेन ले´रौतहटमा अगामी चुनावमा १८ पालिकामा महिला मेयर लाइ जिताउनु पर्ने धारणा राखिन ।
कार्यक्रममा मौलापुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह,युनिसेफ प्रतिनिधि ,माण्डवी का प्रतिनिधि , स्वास्थ्यकर्मी ,पालिका कर्मचारी ,स्वयंसेवक पत्रकार हरुको उपस्थिति रहेको थियो ।