छोराछोरी सबैका बिदेश प्राय घर घरका
यो उ भन्ने छैन सबै नै जात थर र धर्मका
रहरमा वा बाध्यताले गाउँका चाहे शहरका
युवा हुन युवती वा अधबैंसे समूह उमेरका
टोल नै गाउँ नै शुन्य नजिकका हुन परका
सबै त्यागी बिदेशीनु छ,सपना बोकि रहरका
वृद्ध बौआमा सन्तान सम्झी,जिउँदै मरेका
धनले के गर्नु,सहारा बर्षौ देखी बिदेश लागेका
मर्दापर्दा गुहार्ने कहाँ. हुँदा मात्र उमेर पुगेका
जनताको छ र मतलब,उनैकाले छ्न घेरेका
युवाको लगानी योग्यताको मुल्य खैत पाएका
देशै दिनहुुँ रित्याउँदै,रहरले होत बिदेश धाएका..?
आचार्य बसन्त,चन्द्रपुर-६
२०८१/२/३