रौतहट १५ जेठ । राजश्व हिनामिना गरेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरी र अन्य ३ जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवाना तोकेको छ ।
विशेष अदालतका अध्यक्ष तथा न्यायधिस टेक नारायण कुंवर न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले चार जनालाई दोषी ठहर गर्दै बिगो , बिगोको दोब्बर जरिबाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो ।
चारै जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।
चन्द्रपुर नगरपालिका का तत्कालीन मेयर चौधरीसहितका ४ जना आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
विशेष आदालतले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को चार जनालाइ दामासाही बिगो बराबर जरिवाना हुने ठहर गरेको छ।
दोषि ठहर भएका पुर्व मेयर रामचन्द्र चौधरी
भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद हुने पनि विशेष अदालतले फैसलामा उल्लेख गरेको छ ।
त्यस्तै रामविनोद राउत वरैलाई ४ वर्ष कैद र २८ लाख २२ हजार जरिवाना हुने फैसला सुनाएको छ।
त्यस्तै अर्का प्रतिवादी तात्कालिन प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा उल्लेख छ।
चाँदी नदीको नदीजन्य पदार्थ विक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी १७ लाख ६८ हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको थियो ।
आरोपीहरूले मापदण्ड विपरीत अवैध रूपमा ३७ लाख ३४ हजार रकम बराबरको नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकालाई उक्त रकम बराबर राजस्वमा हानी पुर्याइ राजस्व चुहावट गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदी, आंशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई ५५ लाख २ हजार २ सय ९८ रुपैयाँ र तत्कालीन मेयर रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार २९८ रुपैयाँ बराबर बिगो कायम गरी विशेष अदालत मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा चन्द्रपुर नपाका लेखा अधिकृत (राजस्व शाखा प्रमुख) कीर्तिराज सुवेदीले विशेष अदालत बाट सफाइ पाएका छन
नेपाल सरकार बादी र प्रतिबादी कीर्तिराज सुवेदी ठेगाना रौतहट, सन्तपुर (दो.) वडा नं. ०१ रहेको मुद्दा नं. ०८०-CR- ००३७, ०८०-CR-००५८, ०८०-CR-००५९ को भ्रष्टाचार (राजश्व चुहावट) छलि गरेको भन्ने मुद्दामा प्रतिवादी कीर्तिराज सुवेदी समेत भएको मुद्दामा फैसला हुदा २०८१/०१/३१ मा आरोपित कसूरबाट सफाई पाउने ठहरी फैसला भएको राय किताव बाट देखिएको बेहोरा जानकारी गराईन्छ पत्रमा
उल्लेख छ ।
लेखा अधिकृत सुबेदीले विशेष अदालत बाट पाएको सफाइ पत्र