रौतहट १ जेठ । गरुडा नगरपालिका वडा नं ४ गरुडा टोलमा नगर स्तरीय बजेट बाट ढलान सडक निर्माणको कार्य शुरु भएको छ ।
८ लाख को बजेट मा निर्माण हुन गहिरहेको पक्की सडकको मेयर कन्थमणी जयसवालले शिलान्यास गरेका छन ।
१०० मिटर लम्बाई तथा १० फिट चौडाई रहने पक्की सडक ढलानको शिलान्यास गरिएको हो ।
हिलो मुक्त नगर बनाउनको लागी हरेक वडामा सडक बिस्तार सहित सडक ढलान गर्ने कार्य अघि बढाएको नगरपालिकाले जनाएको छ ।
नगरबासी सवैको साथ र सहयोगले नगरमा विकासको कामले फड्को मार्ने बिश्वास लिएको मेयर जयसवालले बताएका छन ।