रौतहट ३० बैसाख । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
गौर न.पा. वडा नं. ८ स्थितबाट अबैध घरेलु मदिरा नेपालबाट भारततर्फ लैजादै गरेको अबस्थामा २ सय लिटर फेला पारी जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु को रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र नष्ट गरिएको डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।