Wednesday, January 22, 2025

शिक्षा मा भएको विभेद को अन्त्य कहिले हुन्छ : अध्यक्ष प्रभु साह

पछिल्लाे समाचार


रौतहट १९ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले नेपालको शिक्षा क्षेत्र बिभेदकारी रहेको बताएका छन ।
शिक्षामा वेथिति ,भद्रगोल अवस्था रहेको भन्दै साँसद साहले ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभामा आइतबार बोल्दै शिक्षा क्षेत्रमा सरकारको तर्फबाट भईरहेको लापरवाहीको जवाफ समेत माग गरेका छन्।
एक मोटरसाईकलमा तीन जना बस्दा ट्राफिक प्रहरीले कारवाही गर्ने उदाहरण दिदै अध्यक्ष साहले एक कक्षा कोठामा दुई सय जना बढी विद्यार्थी कोचिएर पढनुपर्ने बाध्यता रहेकाले त्यसरी कोचिएर राख्नेलाई कारवाही गर्नुपर्छ की पर्दैन ? भन्दै प्रश्न गरेका छन् ।
‘तराई मधेशका स्कुलहरूमा एउटा कक्षा कोठामा दुई सय जनासम्म विद्यार्थी कोचिएर पढिरहेका छन् । यसको जवाफ कसले दिन्छ ?’
नेता साहले प्रश्न गरे, ‘एक मोटरसाईकलमा तीन जना बस्दा ट्राफिक प्रहरीले कारवाही गर्छ । ५० जना विद्यार्थी बस्न सक्ने कोठामा दुई सय जना राख्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’
उनले प्रदेश र जिल्लाका आधारमा शिक्षक दरबन्दीको वितरण नै असमान रहेको बताए ।
आफूले सरकारी तथ्याङ्क अध्ययन गरेको र त्यसमा बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी रहेको र मधेश प्रदेशमा ७१ जना विद्यार्थी बराबर एक जना शिक्षक दरबन्दी रहेको पाइएको बताए ।
‘रौतहटमा ८० विद्यार्थी बराबर एक शिक्षक छन् । काठमाडौंमा १३ विद्यार्थीलाई एक शिक्षक’ साहले शिक्षामन्त्री लाई प्रश्न गरे, ‘यो विभेदपूर्ण कामको जवाफ कसले दिन्छ ? यसरी दरबन्दी वितरण गर्न मिल्छ ? विद्यार्थीको भविष्य बिगार्ने कुराको जवाफ कसले दिन्छ ?’
बाहिर मधेसीहरुले सम्प्रदायिक कुरा गर्यो भन्दै हावाकुरा गर्ने तर यहाँ त राज्यका ठेकेदारबाटै सम्प्रदायिक काम गर्दा उनीहरुलाई कारवाही कसले गर्ने ? ति ठेकेदारहरु जो राज्यको दोहन गरिरहेका छन र विभेदपूर्ण काम गरिरहेका छन् उनीहरुलाई कारवाही गर्ने की नगर्ने ? भन्दै नेता साहले प्रश्न समेत गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई देशभर शिक्षक दरबन्दीको अवस्थाबारे सदनलाई जानकारी गराउन उनले माग समेत गरेका छन् ।
शिक्षाकै नाममा खर्बौ रुपैया विदेश गरिरहेको बताउँदै उनले नेपालको शिक्षाको सुधारका लागि सरकारले के गरिरहेको छ त्यसबारे जानकारी माग गरेका छन् ।
सरकारले बनाएको मापदण्डअनुसार पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराईमा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने हुन्छ । यो आफैंमा विभेदपूर्ण रहेको तर पनि तय भएअनुसारको मापदण्ड लागू नभएको भन्दै उनले शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
यस्तै नेता साहले सरकारी विद्यालयहरूमा इन्टरनेट र विद्युतको पनि समस्या रहेको बताएका छन् ।
सरकारी तथ्याङअनुसार झण्डै ८८ प्रतिशत सरकारी स्कुलमा इन्टरनेट सेवाको पहुँच पुग्न बाँकी रहेको बताउँदै नेता साहले भने, ‘यो आईटीको युग हो, तर ८८ प्रतिशत सरकारी स्कुलमा इन्टरनेट सेवा छैन । नेपाल धेरै विद्युत् उत्पादन गर्ने देश हो । तर झण्डै ४५ प्रतिशत स्कुलमा विद्युत् पुगेको छैन ।यो अवस्था कहिलेसम्म ?’
नेता साहले भने, ‘झण्डै २० प्रतिशत स्कुलमा छात्रा अनुकूल शौचालय छैन ।’
देशको महत्वपूर्ण जिम्मेवारीमा बसेर बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।’ यसबारेमा सरकार गम्भिर हुन आवश्यक रहेको आजपाका अध्यक्ष साहले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु