Wednesday, January 22, 2025

मधेशमा तातो हावा चल्नसक्ने चेतावनी

पछिल्लाे समाचार

रौतहट ११ बैसाख । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्न सक्ने चेतावनी दिएको छ ।
महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकाश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जनाएको छ।
केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बही मापन भएको छ। विभागको तथ्याकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ। यस्तै जनकपुरमा ३९.४ नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ।
महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक का क्षेत्रमा १४ वैशाखसम्म अधिक गर्मी हुने सम्भावना छ ।
तातो हावा चल्ने सम्भावना भएकाले त्यस क्षेत्रका मानिसले सतर्कता अपनाउन अनुरोध गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु