रौतहट, १४ वैसाख । दुर्गा भगवती र गढिमाइ नगरपालिकामा शुक्रवार दिउसो आगलागि भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी का आनन्द झाको गोठमा विद्युत सर्ट भएर आगलागि भएको हो ।
आगलागि भएपछि स्थानीय बासिन्दा र सशस्त्र वेस क्याम्प भलोहिया र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको सुरक्षाकर्मीहरुले आगो निभाएका छन ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले आगलागिबाट मानविय क्षति नभएको करिव एक लाख ५० हजार मूल्यबराबरको सम्पती जलर नष्ट भएको जनाएको छ ।
यता गढिमाई नगरपालिका वडा नम्वर ६ पकहा टोलमा बस्ने रामसागर राय यादवको फुसको गोठमा भैंसीलाई पानी तताउने क्रममा आगलागि हुँदा ६ जनाको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
राम सागर राय यादब फुसको गोठबाट सल्किएको आगोले छिमेकी रामबलम राय, दिनेश साह कानु, काशी राय यादव, विरेन्द्र साह कानु, श्याम साह तेली र विनोद साह तेलीको फुसको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिएका छन ।
सशस्त्र प्रहरीको विओपी समनपुर, प्रहरी चौकी धरमपुरबाट खटिएका सुरक्षाकर्मी सहित स्थानीय बासिन्दाको साथै गौरबाट गएको बारुण यन्त्रको मद्दतले आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ ।
६ वटै गोठमा करिव चार लाख ५५ हजार मूल्यबराबरको क्षति भएको पिडितले बताएका छन ।