रौतहट १८ बैसाख । दुर्गा भगवती गाउँपालिका वार्ड नं ५ वडहरवा मा १७ गते राती आगलागि भइ पिडित बनेकाहरु लाई पालिकाले राहत बितरण गरेको छ ।
सो वडाको २ वटा घर पूर्ण क्षेती भएको र ३ वटा घरमा आंसिक क्षति भएको थियो ।
पीडा काे घडीमा पिडित लाई तत्काल मल्हम स्वरूप केही खाद्यान्न तथा लता कपडा बितरण गरीएको र, सम्पूर्ण सहयोगि संघ संस्था संग पीडित लाई सहयाेग पुर्याउन लागि अपील गरेको गाउँ पालिका अध्यक्ष शम्भु सिहले अपिल गरेका छन ।
गर्मी मौषममा ठाँउ ठाँउमा दिनहु आगलागीका घटना भइरहेको ले सजग रहन र अरुलाई पनि सचेत अध्यक्ष सिहले आग्रह गरेका छन ।
दुर्गा भगवती गाउँपालिकाको बडहर्वा टोलमा सोमवार साँझ आगलागि हुँदा ५ घर जलेको थियो ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बागमती नदी पारी बडहर्वा का शत्रुधन बैठाको घरमा साँझ ७ बजेको समयमा खाना पकाउने क्रममा अचानक घरमा आगो सल्किदा चार जना छिमेकीको घर समेत जलेको हो ।
सशस्त्र प्रहरी रौतहटका एसपी विक्रम हुमागाईले शत्रुघन बैठा धोवीको घरमा ८० हजार, नवल सहनीको चार लाख, द्वारिका सहनीको पाँच लाख, छटु साह सोनारको घरमा ५० हजार गरेर १० लाख ३० हजारको धनमाल क्षति भएको बताएका थिए ।