Wednesday, January 22, 2025

रौतहटमा रेबिज बिरुद्दको खोप अभाव

पछिल्लाे समाचार


रौतहट ११ बैसाख । जिल्लाका अस्पतालहरुमा रेबिज बिरुद्धको खोपको अभाब भएको छ ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेबिज बिरुद्धको खोप नपठाउँदा रौतहटका अस्पतालमा खोपको अभाब भएको हो ।
रौतहटको चन्द्रनिगाहपुर अस्पताल, गौर अस्पताल र कटहरिया अस्पतालमा रेबिज बिरुद्धको खोप दिइने गरेको थियो ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेबिज बिरुद्धको खोप पठाउन बन्द गरेपछि रेबिजको खोप चन्द्रपुर नगरपालिका आफैले किनेर चन्द्रनिगाहपुर अस्पतालमा आएका बिरामीहरुलाइ खोप लगाइरहेको छ ।
प्रदेश सरकारले औषधी नपठाउदा नगरपालिका आफैले औषधी किनेर बिरामीहरुको उपचार गरिरहेको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरिक्षक मातृका चालिसेले जानकारी दिए ।
तत्कालै चन्द्रपुर नगरपालिकाले चन्द्रनिगाहपुर अस्पातलको लागी १ सय ५० भाइल औषधी खरिद गरेर सेवा दिइरहेको निरिक्षक चालिसेले बताए ।
साउन यता चन्द्रपुर नगरपालिकाले २ पटक औषधी किनेर रेबिजका बिरामीको उपचार गरिरहेको चालिसेको भनाइ छ
पछिल्लो दिनहरुमा दैनिक ५ देखि ७ जना रेबिजको बिरामी आउने गरेको चन्द्रनिगाहपुर अस्पातलकाे खोप शाखाका सिनियर अहेब गुणराज घिमिरेले जानकारी दिएका छन ।
साउन यता मात्रै चन्द्रनिगाहपुर अस्पतालबाट एक हजार भन्दा बढी रेबिजका बिरामीहरुको उपचार भएको अस्पतालको तथ्याङकमा उल्लेख छ ।
चैत्र महिनामा मात्रै १ सय ६७ जना बिरामीले चन्द्रनिगाहपुर अस्पातलबाट रेबिज बिरुद्धको खोप लगाएको अस्पातालले जनाएको छ ।
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज भाइरस सर्ने सोही अस्पातलका हेल्थ असिस्टेन्ट कुल प्रसाद तिमल्सीनाले जानकारी दिएका छन ।
कुकुर, स्याल, चमेरो, बिरालोलगायतका जनाबरहरुको टोक्ने बितिकै खोप लगाउन तिमल्सिना आग्रह गरेका छन ।
रेबिज लागेमा ज्वरो आउने, शरिर झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने र पानी, हावादेखि डराउने, रिसाउने जस्ता लक्षण देखिने उनले भनाइ छ ।
रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ त्यसबाट अरू मानिसमा पनि सर्न सक्ने हुदा सचेत हुनुपर्ने तिमलसिनाको सुझाव छ ।
रेबिजलाई २०३० सम्म शुन्यमा ल्याउने सरकारको लक्ष्य पुरा गर्न हरेक अस्पातालमा सर्वसुलभ खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन खोप लगाउनुपर्ने जस्ता कार्यक्रम गर्न उपभोक्ता हित संरक्षण मंचका रौतहट अध्यक्ष टिका घिमिरेले सुझाव दिएका छन ।
खोप प्रदेश सरकारले उपलब्ध गराएमा ३ डोजको ३ सय रुपैया, स्थानीय सरकारले उपलब्ध गराएकोमा ३ डोजको ६ सय रुपैया र निजी अस्पताल तथा क्लिनिकमा उपचार गरे ३ डोजको २ हजार १ सय सम्म शुल्क लाग्ने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु