रौतहट,१३ बैशाख । पूर्वमन्त्री तथा कांग्रेस नेता मो.अफताब आलमलाई जिल्ला अदालत गौरले जन्मकैदको फैसला सुनाएको छ ।
पूर्वमन्त्री आलम लाइ बिहीबार रौतहट जिल्ला अदालतले जन्मकैद अर्थात २० वर्ष कैद को फैसला गरेको हो ।
जिल्ला न्यायधीश मातृका प्रसाद आचार्यको इजलासले नेता आलम लाइ विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।
राजपुर बम बिस्फोटन सम्बन्धी घटनामा १७ बर्ष पछि जिल्ला अदालत रौतहटले विहिवार आलम सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
नेपाली काँग्रेस नेता आलम भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा गत सोमवार देखि चल्दै आएको बहस विहिवार दिउसो ३ बजे सकिएको थियो ।
न्यायाधिश आचार्यको एकल इजलासमा भएको कानुन ब्यवसायीहरुको बहस बादी पक्षबाट तीन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए ।
बहस सकेपछि नेता अफताव आलम, उनका भाई महताव आलम, बद्री सहनी र शेख सेराज लाई जन्मकैद र मुक्ति साह लाई सफाई दिइएको तथा फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको फैसला भएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढुंगानाले जानकारी दिएका छन ।
वादी पक्षबाट सरकारी वकिल कार्यालयका पुष्पराज पौडेल, वद्री कार्की र दयानिधि रिजालले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता मोहम्मद साविर हुसेन, गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीको तर्फ बाट बहस गरेका छन ।
बीस २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा बम विस्फोट भएको र घटना खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई नजिकै रहेको इँटाभट्टामा हालेर जलाएको आरोप उनीहरु लाई थियो ।
मृतक २४ बर्षिय त्रिलोकप्रताप सिंह का बाबु श्रीनारायण प्रसाद सिंह सहितले मुद्दा दर्ता गराएका थिए ।
२७ चैत २०६४ मा आलमका काका शेख इद्रिसको गोठमा बम विष्फोट भएको थियो।
बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मियालाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप थियो ।
अन्नपुर्ण पोष्ट डटकम बाट साभार