Wednesday, January 22, 2025

मोटरसाईकल बाट चनाको सातु पिस्ने मिल चलाएर आम्दानी

पछिल्लाे समाचार


रौतहट ११ बैसाख । मौलापुर नगरपालिकाका एक युवाले मोटरसाइकलमा सातु पिस्ने मिल जोडेर आम्दानी गरीरहेका छन ।
मोटरसाइकलमा एक क्विन्टल चना र मिल जडान गरि उनी गाउँ गाउँ व्यापार गर्दै आएका छन । मोटरसाइकलमै मिल र चना बोकेर उनी सातु बिक्री गर्दै हिड्छन्।
मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम घर भएका ४० वर्षीय चन्द्रिका प्रसाद जयसवालले टोल टोल पुगेर ताजा सातु बेच्ने गर्दछन ।
चनाको साथ बेचेर जयसवालले १५ सय देखि २ हजार सम्म कमाउने गरेकाे बताउछन छन्।
मौलापुरस्थित घरबाट निस्कने जयसवाल दिनभर विभिन्न गाउँमा पुगेर चनाको सातु ग्राहककै अगाडि पिधेर बेच्ने गरेका छन् ।
प्रति किलो २ सयमा जयसवालले चना को सातु किन्नेहरूकै अगाडि पिधेर दिने गरेका छन् ।
विगत तीन वर्षदेखि आफ्नो मोटरसाइकलमा सानो मिल राखेर ब्यापार गर्दै आएका जयसवालले चनाको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएकाे बताउछन ।
बिहान खाना खाएर घरबाट निस्कने जयसवालले ४०/५० किलोमिटर उत्तरको चन्द्रनिगाहपुरसम्म आएर चनाको सातु बिक्री वितरण गर्दै आएका छन् ।
दिनमा आफूले करिब एक क्विन्टल चनाको सातु बनाएर बिक्री गर्ने गरेको जयसवालले सुनाए ।
बीरगञ्जबाट चना किनेर ल्याएर ग्राहककै अगाडि पिधेर सातु बनाएर दिँदा ग्राहक समेत खुसी हुने गरेकाले उनको अनुभव छ ।
मोटरसाइकलको पछाडि सानो चिटिक्क परेको मिल र दुई बोरा चनाको सातु राखेर बिहान घरबाट निस्कने जयसवाल सांझ सबै खर्च कटाएर १५ सय देखि २ हजार लिएर घर पुग्छछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु