रौतहट २९,चैत्र । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोग तथा जिल्ला भूमि अधिकार मंच रौतहटको आयोजनामा भूमि तथा कृषि अधिकारका लागि पैदल यात्रा सुरु गरिएको छ । संगठन सुदृद्धिकरण तथा भूमि तथा कृषी अधिकारका लागि भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा कृषि श्रमिकहरुले पैदल यात्रा सुरु गरेका हुन । संगठनहरुको नियमित बैठक, आन्दोलन कोष, भूमि अधिकारको बारेमा सबै सदस्यहरुको प्रष्ट बुझाई तथा राष्ट्रिय भुमि आयोगको कार्य विधि बारे जानकारी गराउँदै प्रत्येक संगठनको वार्षिक योजना र वार्षिक समिक्षा सहित भूमि तथा कृषि अधिकार अभियानमा पुनरताजङी तथा निरन्तर सक्रिय रहि रहुन भने उदेश्यका साथ पैदल यात्रा सुरु गरिएको समाजिक अभियन्ता अनुप माझिले बताए ।
रौतहट जिल्लाको कुन्दावन नगरपालिका बड़ा न.१ रमीली वाट मिति २०८० चैत २२ गते विहिवार देखी संचालन भएको पैदल यात्रा वृन्दावनको बलरी विश्रामपुर, चादी बजार हुदै गुजरा नगरपालिकाको सिमरा भवानिपुर, पानीटंकी, भंगहा, ठूलो मनहर्वा, हरिहरपुर, कटाने, रंगपुर, मैदा, महलिया टीम, कटहरिया नगरपालिकाको कटहरिया, बहादुरपुर, हुदै पैदलयात्रीहरु चन्द्रपुर नगरपालिकाकी बेल्डी, डाबरी, जुडीवेला, चिमनीटोल, कछरिया टोल, हुदै असनवा फुलबारी नयाँ बस्ति, कलटोल, गैरी टोल, रईया टोल, हिलेखोला गैडाटार हुदै चैत्र २८ गते बुधबार पैदल यात्रा सकिएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई चिसापानी गाउ मञ्चका राम बहादुर मुक्तानले सम्बोधन गरेका थिए । उनको अध्यक्षतामा संगठन सुदृढीकरण तथा समलिकरण संगै सात दिने पैदल यात्राको अन्तिम दिन सहभागिहरु विच कार्यक्रमको समिक्षा गर्दै सम्पन्न भएको हो ।