Wednesday, January 22, 2025

नेपाली काँग्रेस रौतहटले बुझायो ज्ञापन पत्र

पछिल्लाे समाचार


रौतहट, १४ वैसाख । पूर्वाधार विकास कार्यालय रौतहटमा अनियमितता तथा काम मा ढिलासुस्ती भएको गुनासो गर्दै नेपाली काँग्रेस रौतहटले जिल्ला समन्वय समितिका सभापति समक्ष ज्ञापन पत्र बुझाएकाे छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सासद सुनिलकुमार यादवको नेतृत्वमा गएकाे नेता एवं कार्यकर्ताहरुले जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादवलाई ज्ञापन पत्र बुझाएका छन ।
पूर्वाधार विकास कार्यालयमा व्यप्त रहेका बेथितिलाई अन्त्य गर्न माग गरिएको छ ।
आव २०८०/०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकारका योजनाहरु जिल्लामा परेका योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको मिलोमतोमा योजनाको पत्र दिनु अघि कमिशन लिई आर्थिक चलखेल गर्दै योजनाहरु विक्री गरिरहेकाे कार्य निन्दनिय रहेको नेपाली काँग्रेसले ठहर गरेको छ ।
आर्थिक चलखेलको आधारमा रौतहटको योजना विक्री गर्दा पूर्वाधार विकास कार्यालयलाई बदनाम गराउनमा कार्यालय प्रमुख विनोद ठाकुर सहितका केही कर्मचारीहरु संलग्न रहेको सूचना नेपाली काँग्रेसलाई प्राप्त सूचना पछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।पुर्वाधार विकास का प्रमुख ठाकुर र इन्जिनियर रामबाबु साहले १५ प्रतिशतका दरले कमिशन माग्ने गरेको गम्भीर आरोप लगाइएको छ ।
शुक्रवार विहान १० बजे नेताकार्यकर्ताहरु गौर जाउ भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँ ,सुशासन कायम गराउ । भ्रष्टाचार मुक्त बनाउन समृद्ध समाज निर्माण गरौ । भन्ने नाराहरु लगाउदै जिल्ला समन्वय समितिका सभापतिलाई ज्ञापन पत्र बुझाएकाे नेपाली काँग्रेस मधेश प्रदेश सूचना तथा संचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए का छन।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु