जनकपुर २० चैत । मधेश प्रदेशमा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई मानव स्वास्थ्यमा गम्भिर असर पारिरहेको जनगुनासो बढे पछी नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
प्रदेश सुरक्षा समन्वय समितीको मंगलबार जनकपुरधाममा बसेको बैठकले ध्वनी प्रदुशनले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेको छ ।
प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष एवम गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुशन नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन दिएका छन ।
मन्त्री लेखीले ध्वनी प्रदुषणका कारण हृदय रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिएका छन ।
बैठकवाट ध्वनी प्रदुषण रोक्नका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय ,चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णय सहित पत्र पठाइएको गृह,सञ्चार तथा कानून मन्त्री लेखीले जानकारी दिएका छन ।
मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ ।