रौतहट, १९ चैत । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गौर नगरपालिकालाई सम्मान गरेकाे छ ।
महाशाखाद्वारा काठमाण्डौमा सोमवार आयोजित कार्यक्रम मा गौर नपाका प्रमुख शम्भु साहलाई कदर पत्रले सम्मानित गरिएकाे हो ।
आव २०७९/०८० मा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियानको वार्षिक समिक्षाको अवसरमा गौर नगरपालिका उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित गरिएको हो ।
आम औषधी सेवन अभियानको वार्षिक समिक्षाको अवसरमा गौर नगरपालिकाले आव २०७९/०८० मा संचालित राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्य सम्पादन गरे वापत सम्मानित गरिएको गौर नगरपालिकाको मेयर शम्भु साहले बताएका छन ।