रौतहट २१ चैत । एसईई परिक्षामा चिट चोराएको आरोपमा एकजना हेडसर र पाँच जना परिक्षा निरीक्षक हरुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका श्री मा.वि. पथराका प्रधानाध्यापक राजदेवी न.पा. वडा नं. १ बस्ने ४५ बर्षीय हेडसर उतिचन्द्र यादव लाई प्रहरीले पक्राउ गरेको छ ।
श्री सरस्वती मा.वि. गढीमाई न.पा. वडा नं. ७ मा बस्ने २२ बर्षीय ललन राय यादव त्यसैगरी मौलापुर न.पा. वडा नं.६ मा बस्ने श्री. नि. पथरा बुधराम परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४८ बर्षीय राम अमोद प्रसाद यादव, मौलापुर न.पा. वडा नं. ६ मा बस्ने श्री शंकर मा.वि. सरमुजवा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रुपमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ बर्षीय राकेश कुमार यादव सहित श्री सरस्वती मा.वि.पिपरा परीक्षा केन्द्रमा अनुमति विना प्रवेश गरेका राजपुर न.पा. वडा नं. १ मा बस्ने राम सोगारथ साह लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई ” एसईई परीक्षाको मर्यादा भङ्ग गरेकाे कसुरदार पक्राउ ” गरी शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १ (क) अन्तर्गको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सुचना अधिकारी डिएसपी एलिजा गिरीले जानकारी दिएकी