रौतहट १९ चैत । ६७ औ राष्ट्रिय सहकारी दिवसका अबसरमा संकल्प साकोसले गरुडा स्थित बंशिराम अनाथ आश्रमलाइ खाध्यान्न सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा गर्ने उद्देश्यले १० हजार मुल्य बराबरको चामल,दाल,तेल चिउरा ,सोयाविन प्रदान गरेको संकल्प साकोसका अध्यक्ष बिभु कुमार पोखरेलले जानकारी दिएका छन ।
सो अबसरमा सस्थाका अध्यक्ष ,बिभु पोखरेल ,लेखा संयोजक गणेश पौडेल ,सल्लाहकार उदय प्रसाद देवकोटा ,उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल ,सचिब के बि थापा ,कोषाध्यक्ष बलराम गौतम ,सन्चालक भरत प्रसाद अधिकारी र एकनाथ चौलागाईं ,ब्यबस्थापक हरि प्रसाद तिमल्सिना सहभागी थिए ।
निजि सम्पत्ति दान गरी ३० जना भन्दाबढी अनाथको शिक्षा ,स्वास्थ्य ,आवास ,भोजनको ब्यबस्था गर्दै आएका अनाथलय संचालक बाबा बंशिराम जयसवालले संकल्प साकोस लाई धन्यवाद दीएका छन ।