जनकपुर १७ बैसाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।
रौतहट बाट मधेश प्रदेशमा एक फुल र २ जना राज्यमन्त्रीहरू लाई जिम्मेवारी दिइएको छ ।
रौतहट ४( क) बाट निर्वाचित युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति ,४ (ख) बाट निर्वाचित अवुल कलाम आजाद उर्जा तथा सिचाइ राज्यमन्त्री, क्षेत्र न ३ (क) बाट निर्वाचित केशव राय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भएका छन ।
मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार र कार्यबिभाजन गरेका छन।
मन्त्रीहरूमा सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी रहेका छन् ।