रौतहट २४ चैत। रौतहट बचत तथा ऋण सहकारी संघले शनिवार प्रारम्भिक सस्था लक्षित घुम्ती बैठक सम्पन्न गरेको छ ।
संघका पदाधिकारीहरुले सस्थाको गतिविधि ,सस्थाका असल अभ्यास ,सस्थाले सामना गरिरहेका चुनौती ,संघसंगको अपेक्षा ,संघले खेल्नु पर्ने भुमिका ,संघको भावी योजनाका सम्बन्धमा छलफल गरेका छन ।
संघले गुजरा न पा स्थित नारायणी साकोस मैरा,कंकाली साकोस पोखरभिण्डा,सृष्टि साकोस प्रतापपुर पल्टुवाका संचालक ,लेखा सुपरिवेक्षण समिती,ब्यबस्थापन समुह संग अन्तरक्रिया गरेको छ ।
संघले तयार गरेको ३२ वटा सुचकमा सम्बन्धित भएर छलफल गरिएको थियो ।
छलफल बाट प्राप्त सुझाव र अपेक्षालाई संघले मार्ग निर्देश मान्ने र अवलोकनमा सहज बाताबरण बनाउनु हुने तीनवटै सस्थाका अगुवाहरू र संघका पदाधिकारी ,संचालक हरु प्रती संघका अध्यक्ष बिभु पोखरेलले आभार व्यक्त गरेका छन ।
घुम्ति बैठकहरुमा राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखा समन्वय उपसमिति संयोजक नरेन्द्र राना,रौतहट बचत तथा ऋण सहकारी संघका सचिव वसन्त आचार्य लगाएत सहकारी अभियान्ताहरुको सहभागिता रहेको थियो ।