Wednesday, January 22, 2025

झोलुंगे पुलको नटबोल्टु चोरी

पछिल्लाे समाचार


रौतहट, ११ वैसाख । गौर नगरपालिकाको बानेश्वर महादेव मन्दीर नजिक लालबकैयामा निर्माण भएकाे झोलुंगे पुलको सोमवार राति महत्वपूर्ण नट बोल्टहरु चोरी भएकाे छ ।
गौर नगरपालिका वडा नम्वर २ इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहालाई जोड्ने लालबकैया नदीमा निर्माण सम्पन्न भई गत शुक्रवार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेकाे झोलुंगे पुलको पश्चिम तर्फको बोल्टहरु गएराति चारी भएका हो ।
फोहरी राजनीति गर्नेहरुद्धारा यस्ता कार्यहरुलाई गराएर मानविय क्षति पुर्याउने कोशिशमा जुटेको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले आरोप लगाएका छन ।
काठमाडौंका प्रतिष्ठीत निर्माण कम्पनीले तयार पारेको झोलुंगे पुलको गुणस्तरियता माथि प्रश्न चिन्ह उठाउने, रातिको समयमा गएर ढलानलाई हथौंडा एवं ढुंगाले हिर्काउने, वारहरुको लठ्ठालाई क्षति पुर्याउने काम भएको मेयर साहको भनाइ छ ।
इशनाथ र गौरका बासिन्दाहरुले साइकल, बाइकबाट उक्त पुल ओहरदोहर गरिरहेको अवस्थामा यसरी झोलुंगे पुलको मुख्य वार मा कसिएको बोल्ट चोरी भएको हो ।
झोलुंगे पुलको हिमशिखर हिरा लेखराज जेभी बत्तीसपुतली काठमाडौंका प्रतिनिधि शेखर रायमाझीले प्राविधिक सहितको टोली बसेर सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि उद्घाटन गरेको जानकारी दिए ।
फोटो : तराइटप

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु