Wednesday, January 22, 2025

चन्द्रपुरका तीन वटा निर्माण कम्पनी संग स्पष्टीकरण सोधियो

पछिल्लाे समाचार


रौतहट १९ चैत । सम्झौता अनुसार कार्यसम्पादन नगरेको भन्दै रौतहटका तीन वटा निर्माण कम्पनी लाइ स्पष्टीकरण सोधेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी कार्यसम्पादन सन्तोषजनक नभएका रौतहटका तीन सहित २६ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिन भित्र लिखित जवाफ पेश गर्न पत्राचार गरेको छ ।
रौतहटको चन्द्रपुर–६ को रोशिस कन्स्ट्रक्सन, चन्द्रपुर–५ को उमंग ट्रेडर्स र चन्द्रपुर–१ पौराई बाबा कन्स्ट्रक्सन प्रा.लि. निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएकाे हो ।
ती निर्मामाण कम्पनीलाई चन्द्रपुर नगरपालिकाले कालो सूचीमा राख्न लेखी पठाएइएको सार्वजनिक सुचनामा भनिएको छ ।
यसअघि कार्यालयले ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाउँदा पनि ती व्यवसायीले अटेर गरेपछि सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको जनाएको छ ।
२६ निर्माण कम्पनीमध्ये भारतका दुई र चीनको एक गरी तीन अन्तर्राष्ट्रिय र बाँकी २३ वटा नेपाली कम्पनी रहेका छन् ।
स्पष्टीकरण चित्तबुझ्दो सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरु लाइ कालोसूचीमा राख्ने र कारबाही गर्ने सुचनामा उल्लेख गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु