Wednesday, January 22, 2025

आचार्यले मनाए अनाथलयमा जन्मदिन

पछिल्लाे समाचार


रौतहट १५ बैसाख । चन्द्रोदय साकोसक अध्यक्ष तथा सामाजिक अभियान्ता बसन्त कुमार आचार्यले पचासौं जन्मदिन गरुडामा रहेको श्री बंशीरामा जयसवाल अनाथलयमा मनाएका छन ।
अनाथलयमा रहेका बालबालिका लाई खाध्यान्न सामाग्री बितरण गरि आचार्यले जन्मदिन मनाएका छन /
बिगत १६ बर्ष देखि सहकारी अभियानमा सक्रिय आचार्य युवा सामाजिक ब्यक्तित्वको रुपमा समेत चिरपरिचित छन् /
सहकारीका अतिरिक्त अन्य विभिन्न संघ संगठनमा आबद्ध उनी जिल्ला बचत संघ रौतहटका सचिब, सांस्कृतिक संघ रौतहटका अध्यक्ष, चन्द्रपुर एकेडेमीका अध्यक्ष,समाज सेवामा समर्पित युवा समुहका संयोजक , घोडीदेवी मन्दिर ब्यबस्थापन समितीका सल्लाहकार संयोजक,नेपाली काङ्ग्रेस ६ न. वडा उप सभापति, आचार्य सेवा समाज नेपाल मधेस प्रदेश उपाध्यक्ष,नेपाल रेडक्रस सोसाइटी उप शाखा चन्द्रपुरको संचालन समिती लगायतका संघ सस्थामा आचार्य सकृय छन ।
चन्द्रोदय साकोस बाट चन्द्रपुर नगरका अस्पताल तथा अन्य ठाउँमा नेपाल रेडक्रस को सिफारिस मा बिरामीको लागि रगत उपलब्ध गराएर सयौं बिरामीकोको ज्यान बचाउन अहम् भुमिका मा आचार्य अग्रभागमा छन ।
धार्मिक सेवामा बिशेष सक्रिय उनी आफ्नो यो सक्रियताको श्रेय चन्द्रोदय साकोस, आफ्नो बाबा आमा घर परिवार,अग्रज ब्यक्तित्वहरु समकालीन साथीहरू लाई दिन्छन् ।


लकडाउनले जनजीवन ठप्प भएको अवस्थामा ज्याला मजदुरी गरेर बिहान् बेलुकको छाक टार्ने समस्याले गर्दा पिडामा रहेका सुकुम्बासी बस्ती लगायत अन्य दिनदुखीको घर घरमा पुगि १ सय २० घर परिवारलाई राहत उपलव्ध उनले गरे ।
आचार्यको अर्को रुचि भनेको कला साहित्यमा समेत रहेको छ । उनले रचेका शब्दहरु नेपालका प्रसिद्ध गायकहरु प्रमोद खरेल,आनन्द कार्कीले स्वर दिएका छन ।
आफुले कोरेका शब्दहरु कविता गजलहरु सामाजिक संजालमा हालिरहन रुचि राख्ने उनको जिन्दगीको अमुल्य कमाइ भनेको सबैको माया र बिश्वास रहेको बताउँछन् ।


नगरमा शिक्षाको स्तर लाई केहीहद सम्म भएपनि माथी उचाल्न होस्टेमा हैसे गर्ने जिम्मेवारी सहित बिगत एकबर्ष अघि साथीहरुको सहकार्यमा संचालनमा आएको चन्द्रपुर एकेडेमीबाट शिक्षा मार्फत सेवा गर्न पाएकोमा नयाँ अनुभव तथा चुनौतीपूर्ण भएतापनी आफुलाई आत्मसन्तुष्टि मिलेको उनी बताउछन ।
दिनदुखीको सेवा र सहकारी अभियान मा आगामी दिनमा सकृय रहने आचार्य बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु